चारैतिर चर्चा परिचर्चा ‘ ए है रेशम’ को नै

Share it with you friends

राजाराम डंगोल ,    १६ असार,२०७७।      वि. स. २०४४   साल माघ २९ गते शुक्रवार माता चिनिमाया भुजेल र पिता कुल वहादुर भुजेलका कान्छो सन्तानको रुपमा दोलखा जिल्ला, मेलुङ्ग गाउँपालिका – १ पवटी, साउनेपानीमा जन्मिएका दिनेश भुजेल ‘आँशु’ नेपाली साहित्य, कला, गीत संगीत अनि संचार जगतमा सबैले चिनेको अनुहार र चिर परिचित ब्यक्ती हुन ।
खण्डकाव्य ‘प्रीयान्जलीले शहनशीललाई जलाईन’ कबिता संग्रह ‘अंकुरण’ जस्ता कृती लेखेर नेपाली साहित्य क्षेत्रमा आफ्नो परिचय बनाएका भुजेलको नेपाली गीत, संगीत अनि पत्रकारिता जगतमा पनि उत्तिकै ठूलो योगदान रहेको छ । वहुप्रतिभाशाली ब्यक्तित्व भुजेलका लोक, आधुनिक, पप, दोहोरी, तीज गित, दशै तिहार गीत स्वादेशगान गरेर झण्डै तिन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छन । धेरै गितहरु लोकप्रीय पनि छन । उनी गायन संगसंगै शब्द लेखन र संगीत भर्नमा पनि निकै पोक्त्त छन । भुजेलको शब्द, संगीतमा स्वरुपराज आचर्य, पूर्णिमा लामा, सुनिति कार्की, देबी घर्ती, पार्वती कार्की, सरिता कार्की, दया बस्याल लगायत धेरै गायक, गायिकाले स्वर दिईसकेका छन ।

पछिल्लो समय दिनेश भुजेलको शब्द, संगीत, पार्वती कार्की र दिनेश भुजेलको  स्वरमा बजारमा आएको ‘ए है रेशम’ बोलको लोक गीतले यतिबेला नेपाली गीत संगीतको बजार अनि माहोल निकै तातेको छ । संजिव ठकुरीको भिडियो निर्देशन, संजिव ठकुरी र अर्चना काउचा मगरको जोडदार अभिनय रहेको उक्त्त गीतको छायान्कन सागर गौतमले गरेका हुन भने भिडियो सम्पादन रोशन धितालले गरेका छन । विष्णु तामाङ्गको संगीत संजोजन रहेको सो गीत अहिले हरेक नेपाली मनहरुमा झुण्डिएको छ । मिठो संगीत, सरल शब्द सँगसँगै सबै पक्ष निकै बलियो भएका कारण गीत सफल भएको भुजेल बताउछन। भिमेस्वर डिजिटल अफिसियल युटुब च्यानलबाट बजारमा आएको सो गीतले अहिले निकै चर्चा र परिचर्चा बटुलीरहेको छ ।

उक्त भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला । https://youtu.be/K7C_GFc5iXI

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते