धादिङ । चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको २५ औं बार्षिक उत्सवका अवसरमा सोमबार विहान धादिङबेसी बजार क्षेत्र सरसफाई गरीएको छ । विद्यार्थीहरुलाई सामाजिक काममा अग्रसर गराउनुका साथै बजार क्षेत्रलाई स्वच्छ र सफा बनाउने उद्देश्यले विद्यालयको बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सरसफाई गरीएको विद्यालयका प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले बताउनुभयो । सोमबार विहान भएको सरसफाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रेष्ठ, संयोजक शशी अर्याल लगायत शिक्षकहरुको नेतृत्व र विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस क्रममा बजार क्षेत्रको विच बजार, शान्त बजार, पुछार बजार, सिरान बजार लगायतको बजार क्षेत्र भित्र सरसफाई गरीएको हो । यस्तै २५ औं बार्षिक उत्सव तथा रजत जयन्तीको अवसर पारेर माघ १० गते बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना र ११ गते लोकनृत्य प्रीतयोगिता, बधाई र सम्मान कार्यक्रमको आयोजना साथै माघ १२ गते बिहिबार पुछार बजारबाट ¥याली सहित विद्यालयमा पुगेर अभिभावक नृत्य तथा सम्मान कार्यक्रम गरिने विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले बताउनुभयो ।

चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको २५ औं बार्षिक उत्सवका अवसरमा बजारक्षेत्रमा सरसफाई
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply