काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे÷नगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो । कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन आचारसंहिता पालना भएको नभएको पनि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाबाट गर्ने भएको छ ।
बिहीवार बसेको आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे÷नगरेको र आचारसंहिता पालना भए÷नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने जनाएको छ । उम्मेदवार तथा राजनीतिक दलले चुनावमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगको भनाइ छ ।
यस्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत काम गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएको हो । आयोगको निर्देशनअनुसार कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई कारबाही सुरु गर्ने पनि आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गरिने
Related Posts
-
मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध
हेटौँडा, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ…
-
आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाइने
१० भदौ, काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल…
-
प्रधानमन्त्री शाहको आग्रह : ‘विपत्तिविरुद्ध सबै एकजुट भएर उद्धार र राहतमा जुटौं’
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्राकृतिक विपत्तिको सामना गर्न सरकार, राजनीतिक दल,…
-
बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, तटीय क्षेत्र उच्च जोखिममा
रसुवाबाट सुरु भएको बाढी धादिङको गल्छी क्षेत्र पारेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका…





Leave a Reply