चैत २१ र २२ गते दाेश्राे सहकारी महासम्मेलन हुने

Share it with you friends

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ आउँदो सोमबार र मंगलबार दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

एक वर्षअघि नै हुन लागेको यो सम्मेलनमा यस वर्ष भारत, चीन, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका सहकारी अभियानकर्मीको सहभागिता रहने छ । यसअघि २०७० साल चैत ११ गते काठमाडौँमा पहिलो सहकारी महासम्मेलन भएको थियो । कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा हुने कार्यक्रममा झण्डै दुई हजार मानिसको सहभागिता रहनेछ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारी आन्दोलनमा भएका उपलब्धिको समीक्षा र संस्थागत गर्ने उद्देश्य तथा संविधान कार्यान्वयनमा सहकारीलाई जिम्मेवारी एवं जवाफदेही बनाउने सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभयो । नेपालको संविधानले जनताको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवादउन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीनखम्बे अर्थनीतिका रुपमा परिभाषित गरेको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोको सम्बोधन, देशविदेशका विभिन्न विषयका विशेषज्ञका ११ कार्यपत्र प्रस्तुति, दिगो विकासका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय विकास कोष, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत संस्थाका प्रतिनिधिका मन्तव्यसमेत रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको  छ । हाल मुलुकका ३४ हजार ५१२ सहकारी संस्थामा ६३ लाख नागरिक आबद्ध छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते