जसले पाँच वर्षमै पहिलो सन्तान जन्माईन….

Share it with you friends

एजेन्सी, २ जेठ । पेरुकी लीना मदीना नाम गरेकी एक बालिकाले पाँच वर्षको उमेरमा एउटा बच्चालाई जन्म दिएर विश्वकै पहिलो कम उमेरको आमा बनेकी थिइन् । यो चिकित्सा जगतको हालसम्म एउटै मात्र यस्तो घटना हो । विज्ञानले यति कम उमेरमा कोही पनि आमा बन्न नसक्ने बताइरहँदा लीनाको मामिलामा यो कसरी सम्भव भयो भन्ने आजसम्म खुलासा भएको छैन ।

लीनाको जन्म पेरुको तिक्राफोमा २७ सेप्टेम्बर १९३३ मा भएको थियो । लीना पाँच वर्षकी थिइन् जब उनको पेटको आकार अचानक बढेको थियो । उनको आमाबुवाले त्यो ट्युमरको आशंकामा जब परिक्षण गराए तब उनको पेटमा बच्चा हुर्किरहेको चिकित्सकहरुले बताए ।

कम उमेरमा गर्भधान गर्नु उनको जीवनको लागि खतरा थियो । त्यसैले चिकित्सकहरुले उनलाई लगभग एक महिनासम्मको लागि अस्पतालमा राखिएको थियो । लीनाले १४ मे १९३९ मा अपेशेनरद्वारा एउटा छोरालाई जन्म दिइन् । त्यस समयसम्म लीनाबारे पेरु लगायत पुरै विश्वको मिडियाहरुमा खबर प्रकाशित भैसकेको थियो । मिडियाको खबर अनुसार लीनालाई तीन वर्षको उमेरमा नै महिनावारी भएको थियो । डेलिबिरीको समयमा चिकित्सकहरुले लीनाको प्रजनन अंग पूर्णरुपमा बिकास भैसकेको पाएका थिए । जन्मको समय बच्चाको तौल २.७ किलो थियो सर्जरी गर्ने चिकित्सले बालकको नाम जेरादरे राखेका थिए । जेरादरेलाई लीनाको भाईको पहिचान दिइयो । सन् १९७० मा लीनाको विवाह राउल जुरादो नामका युवकसँग भयो र उनी साल १९७२ मा दोस्रो पटक आमा बनिन् । तर १९७९ मा उनको पहिलो छोरा जेरादरेको ४० वर्षको उमेरमा एउटा रोगको कारणले मृत्यु भयो ।

लीनाको यो सबै कहानी सुनेपछि उठ्ने एउटा जिज्ञासा भनेको उनी कसरी आमा बनेकी थिइन् । लीनालाई पनि यसबारे केही  थाहा छैन । यसै दौरान प्रहरीले पहिले उनको बुबामाथि शंका गरे तर बुबाको विरुद्ध प्रहरीले कुनै पनि प्रमाण अदालतमा पेश गर्न सकेनन् । पेरुको मिडियाले लीना बलात्कृत भएको हुनसक्ने लेखेको थियो ।

वास्तवमा लीना जुन गाउँमा बस्थिन् त्यस नजिकको क्षेत्रमा प्रत्येक वर्ष एकप्रकारको चाड मनाइन्थ्यो । त्यस चाडमा सामूहिक रुपमा युवा युवतीबीच शारीरिक सम्बन्ध राखिन्छ । यस्तो समय कतिपय युवतीहरु बलात्कारको शिकार पनि हुन्छन् । यस घटनालाई लएर विश्वभरका धेरै मिडियाहरुले उनको अन्तरवार्ता लिन खोज्यो तर उनले दिन अस्वीकार गरिन् ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 17 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 17 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 24 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध