जहाँ कुकुरहरु पनि करोडौंका मालिक छन्

Share it with you friends

एजेन्सी, २७ चैत । गुजरातको मेहेसाना जिल्लास्थित पन्चोट गाउँ पशु सेवाको लागि चर्चित छ । त्यस गाउँका प्रत्येक कुकुरहरु एक करोडका मालिक छन् ।

त्यस गाउँमा जमिनको पहरेदारी गर्ने कुकुरको वार्षिक कमाई करोड रुपैयाँ बराबर छ । गएको एक दशक यता राधनपुरको मेहसाना बाइपास बनेको कारणले त्यहाँको जमिनको मूल्य तिब्ररुपमा बढेको छ । जसको फाइदा अहिले त्यहाँका कुकुरले उठाइरहेका छन् ।

पञ्चोट गाउँमा ‘माध नि पाटी कुटरिया’ नामको एउटा कोष छ । उक्त कोषमा २१ बिघा जमिन छ । बाइपासस्थित त्यस जमिनको मूल्य लगभग तीन करोड पचाँस लाख भारतीय रुपयाँ पर्न जान्छ ।

ती जमिनहरु कुकुरको नाममा नभए पनि त्यसको आयको अलग हिस्सा कुकुरहरुको लागि राखिएको छ ।

एक मिडिया रिपोर्टको अनुसार उक्त कोषमा करिब ७० कुकुर छन् र तिनीहरु सबैको नाममा एक एक करोड रुपयाँ छ । कोषका अध्यक्ष छगनभाई पटेलका अनुसार गाउँमा जनावरहरुप्रतिको प्रेम भावको इतिहास एकदमै लामो छ ।

अध्यक्ष पटेलका अनुसार कोषको सुरुवात गाउँकै धनी मानिसहरुले जमिनको टुक्रा दान गर्ने परम्पराबाट सुरु भएको हो ।

गाउँका पञ्चायत काँताबैनका श्रीमान् दशरथ पटेलका अनुसार ६० वर्ष अघि गाउँका कुकुरहरुका लागि शिरा बनाउने पहलमा आफु पनि उनी पनि संलग्न भएका थिए ।

त्यतिबेला गाउँमा कुकुरहरुको खानाका लागि रोट्ला बनाउन १५ जना मानिसहरुले बिना तलब सेवा दिएका थिए । साथै, आटावालाले पनि बिना पैसा सेवा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *