जानकी मेडिकल कलेजमा किन आयो संकट ?

Share it with you friends

काठमाडौं, २८ जेठ । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ।

त्रिविसँग सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले कर्मचारीलाई १४ महिनादेखि तलब खुवाउन सकेको छैन। तलब र सञ्चय कोष रकम माग्दै कर्मचारी एक महिनादेखि आन्दोलनमा छन्। परीक्षासमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको जानकी मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी प्रयोगात्मक परीक्षा दिनबाट वञ्चित भएका छन्। एमबीबीएस अन्तिम वर्षमा ६५ विद्यार्थी अध्ययनरत छन्। कलेजमा विभिन्न वर्षमा करिब ३ सय ६० विद्यार्थी अध्ययनरत छन्।

त्रिवि उपकुलपति डा। तीर्थराज खनियाँका अनुसार गत वर्ष उत्कृष्ट कलेजका रूपमा लिँदै जानकीको एमबीबीएस कोटा घटाइएको थिएन। ‘कलेजको अवस्था नाजुक रहेछ। न पठनपाठन भएको छ, न परीक्षा सञ्चालन हुन सकेको छ’, उनले भने, ‘विद्यार्थीको भविष्य अलपत्र पार्ने कलेजको सम्बन्धन खारेज गर्छौं।’

डेढ महिनादेखि कर्मचारी आन्दोलित

जेठ १९ देखि असोज ३ गतेसम्म तोकिएको एमबीबीएस प्रयोगात्मक परीक्षा कर्मचारी आन्दोलनका कारण प्रभावित भएको छ। कर्मचारी र कलेज सञ्चालकबीचको टकरावका कारण आफूहरूको भविष्य बिग्रन लागेको भन्दै एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी चिन्तित छन्। एक विद्यार्थीले भने, ‘कलेज व्यवस्थापकको लापरवाहीले भविष्य अन्धकार बनिसक्यो।’

तलब माग्दै कर्मचारीले पटकपटक आन्दोलन गर्दा ४० प्रतिशत पनि पढाइ भएको छैन। कलेज सञ्चालकको लापरवाहीले विद्यार्थीहरू परीक्षा दिन नपाएको कर्मचारी हकहित संघर्ष समितिका संयोजक उमेश यादवले बताए। ‘विद्यार्थीको भविष्य बनाउने कर्मचारीको कर्तव्य हो। परीक्षाका लागि अस्पताल सञ्चालन गर्न तयार छौं’, उनले भने, ‘तर कलेज सञ्चालक सम्पर्कमा आउनुप¥यो।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते