जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण

Share it with you friends

१३ असोज २०७६ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम) बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।

सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *