जिवनपुर साना किसान कृषि सहकारी संस्थाद्धारा धार्केमा मल, बीउ, बिजन तथा तरकारी खरिद बिक्रि केन्द्र स्थापना

Share it with you friends

२९ चैत्र २०७७, आईतबार ।

धादिङको धुनिवेशी ६ धार्केमा मल, बीउ, बिजन तथा तरकारी खरिद बिक्रि केन्द्र  स्थापना भएको छ । आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउने उदेश्यले  जिवनपुर साना किसान कृषि सहकारी संस्थाले धार्के बजारमा आईतबारदेखि औपचारिक रुपमा सहकारी पसलको उद्धघाटन गरेको छ ।


जिवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, नगर उपप्रमुख निरु खरेल, वडा नं ५ का वडाध्यक्ष कृष्ण कुमार रेग्मीको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सदस्य अप्सरा अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

उद्धघाटन कार्यक्रमका बिच जिवनपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राजेश कुमार रुचालले बिचौलियाहरुको अन्त्य गर्दै पसलमा सर्वसुलभ तथा गुणस्तरिय सामान विक्रि वितरण गरिने बताउनुभयो । आफ्ना शेयर सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्नका लागी समयमै मल, बिउ, बिजन उपलब्ध गराउने र उत्पादन गरिएका तरकारीजन्य पदार्थको उचित मूल्यमा नै खरिद बिक्रि हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले रिबन काटेर पसलको उद्घाटन गर्नुहुदै सहकारीले गरेको यो काम प्रशंसनीय रहेको र भावी दिनहरुमा यस पसलले हरेक कृषकको मन जित्न सक्ने बनाउन आग्रह गर्नुभयो । कृषकले चाहेको समयमा मल, बिउ उपलब्ध गराउन सक्नुपर्ने र गोदामको उचित व्यवस्था हुनुपर्नेमा जोड दिनुहुदै कृषकको चाहना तथा आवश्यक्तालाई मध्यनजर गर्दै स्थापना भएको यस पसलको लागी धुनिवेशी नगरपालिका सहयोगका लागी सदैव तत्पर रहेको बताउनुभयो । साथै हिसावकिताव तथा लेखा राख्नका लागी कम्प्युटर प्रणालीको प्रयोग गर्नका लागी आग्रह गर्नुभयो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते