ट्राफिक प्रहरीद्धारा महिलामाथी एसिड प्रहार

Share it with you friends

काठमाडौं, १० वैशाख । चितवनमा एक ट्राफिक प्रहरीले महिलामाथी एसिड प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले  भरतपुरमा एक महिलामाथी एसिड प्रहार गरेका हुन् ।

भरतपुर महानगरपालिको त्रिचोक नजिकै खनियाँले सोही स्थान नजिक डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथी एसिड प्रहार गरेका थिए । घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।
एसिड लगेर प्रहार गर्नुले घटना सुनियोनित भएको प्रहरीले आशंका गरेको छ ।

एसिड प्रहारबाट घाइते भएकी श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार, घाँटी र खुट्टा एसिडले जलेको छ । घटनामा संलग्न खनियाँलाई सोमबार ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउने र भोली नै उनलाई निलम्बन गरिने प्रहरी उपरीक्षक थापाले बताए । खनियाँँ र श्रेष्ठबीच चिनजान रहेको तर घटना घट्नुको एकिन कारण भने खुल्न सकेको छैन् ।

रासस

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते