Breaking Newsराजनीतिस्थानीय

ठुला दलहरुप्रति जनताको समर्थन छैन ः काप्री

Share it with you friends

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार टिकानिधि काप्रीले ठुला दलका उम्मेदवारप्रति धादिङका जनताको समर्थन नरहेको बताउनुभएको छ । मंगलबार विहान धादिङवेसीमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार काप्रिले दलहरुप्रति जनताको विश्वास कम हुँदै गएको बताउनुभएको हो ।
धादिङका राजनीतिक दलहरुले पटक पटक एउटै व्यक्तिलाई चुनावमा टिकट दिलाउने प्रबृत्ति बढेको, गाउँको विकासमा भन्दा पनि दलहरु आफ्ना स्वार्थकेन्द्रित राजनीतिमा सक्रिय रहेको भन्दै यस्तो पद्दति अन्त्य गर्न पार्टीमा बिद्रोह गरी उम्मेदवारी दिएको समेत बताउनुभयो । अर्को प्रंसँगमा बोल्दै उम्मेदवार काप्रीले आफु नेपाली कांग्रेसको राजनीतिमा ३३ बर्षदेखि सक्रिय रहेको भन्दै पछिल्लो समय कांग्रेसले पनि बाटो बिराएको, अवसर पाएर पनि विकास गर्न नसकेको आरोप लगाउँदै बेथितिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।
पछिल्लो समय बजारमा आफ्नो उम्मेदवारी फिर्ता रहेको भन्ने हल्ला फैलाएर जनतामा भ्रम पारिएको भन्दै उहाले आफ्नो उम्मेदवारी कायम रहेकोले कुनै पनि भ्रममा नपर्न जिल्लाका सबै मतदाताहरुलाई आग्रह समेत गर्नुभयो । समेत बताउनुभएको छ । एक प्रश्नको उत्तरमा उम्मेदवार काप्रिले भन्नुभयो ‘जिल्लाका मतदाताहरुको उत्साह र साथ सहयोग राम्रो रहेको छ । मेरो साथ समर्थनमा जनताहरु हुनुहुन्छ यसबाट मलाई निकै हौसला मिलेको छ’ स्वतन्त्र उम्मेदवारी दिनुभएका काप्रीको चुनाव चिन्ह खरायो रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *