डिआइजी सरुवा, को कहाँ पुगे ?

Share it with you friends

काठमाडौं, ५ जेठ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार ५ जना डिआईजीको सरूवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार भएको सरुवाको क्रममा आइजीको दौडमा रहेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुर्‍याइएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका डिआईजी धिरू बस्नेतलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग पुर्‍याइएको छ ।

उता अर्का डिआइजी छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा ल्याइएको छ । महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरिय प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ भने प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *