डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी

Share it with you friends

२०७६ पुस ११, शुक्रबार –डोटीमा रहेका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।

डोटी जिल्लामा रहेका छाउगोठ हटाउन जिल्लाव्यापी अभियान चलाइने र महिनावारी भएका महिलालाई छाउगोठमा राख्नेलाई कारबाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेको हो । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने परम्परा र छाउगोठ रहेका छन् । प्रशासनले छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचारसमेत गरेको छ । प्रहरी प्रशासनले डोटीका ग्रामीण क्षेत्रमा भएका छाउगोठको तथ्याङ्क संकलन गर्न सुरु गरेको छ । छाउपडी प्रथाका कारण सुदूरपश्चिममा अहिलेसम्म १२ जना महिलाले अकालमै ज्यान गुमाएका विभिन्न सङ्घ संस्थाको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायम रहेको केआईसिंह गाउँपालिकाका स्थानीय चेतराज भट्टले बताउनुभयो ।गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरीको सहकार्यमा भत्काउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारबाही गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालय डोटीले गएको बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि ठाउँमा छाउगोठ नराख्न आग्रह गरेको छ । ‘छाउगोठ नराख्न सूचना जारी गरेका छौँ, राख्नेलाई कारबाही हुने छ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भन्नुभयो,

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते