डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै

Share it with you friends

दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३औँ अन्तर्राष्ट्रिय जातिय बिभेद उन्मुलन दिवस भव्य रुपमा मनाईएको छ । जिल्ला दलित संघर्ष समिति, डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना र केड, क्लेप नेपाल र त्रिपुरा सुन्दरी नगरपालिकाको सहयोगमा पहिलो पटक डोल्पामा यो दिवस मनाईएको हो ।

जिल्ला स्तरीय रुपमा मनाईएको दिवसमा विभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातिय विभेद विरुद्धका शन्देसमुलक नाचगान, देउडा, नाटक, मुक्तकलगायत प्रस्तुतिहरु देखाईएको थियो ।

दलितको हातबाट गैर दलितले पिए जुस र पानी
उक्त कार्यक्रममा दलित गैर दलित समुदायका सहभागिता रहेको थियो । कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिका उप प्रमुख चन्द्रा कुमारीबुढा, त्रिपुरा सुन्दरी नगरपालिकाका वडा नं १ का स्थानीय समाजसेवी दिल बहादुर बिष्ट, अन्तरपार्टी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने, त्रिपुरा सुन्दरी नगरपालिका २ का वडा अध्यक्ष नन्दबहादुर थापा लगायतका गैर दलितहरुले दलितको हातबाट जुस र पानी पिएर जातिय बिभेद न्युनिकरणको सन्देश दिएका थिए ।

अन्तर्जातिय बिहे गर्नेलाई सम्मान
कार्यक्रमा अन्र्तजातिय विवाह गर्ने जोडिलाई दोसल्ला र टोपी लगाएर सम्मान गरिएको थियो । त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत रल्ली गाँउका हरि कुलाल र हरिमाया थापालाई नगर उप प्रमुख चन्द्र कुरामारी बुढा र वडा नं १ का अध्यक्ष कर्मसिँह थापाले अविर र दोसल्ला ओडाएर संयुक्त रुपमा सम्मान गरेका थिए ।

डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै
डोल्पामा दलित अधिकार सम्बन्धि काम गर्दै आएको गैह्र सरकारी संस्था केड नेपालका प्रतिनिधि लिला टमाटाले डोल्पामा छुवाछुतको अवस्था भयावह रहेको बताए ।

उनका अनुसार आफुहरुले सर्वेक्षण अनुसार डोल्पामा अझै ८० प्रतिशत भन्दा माथि जातिय बिभेद हुने गरेको पाईएको छ । ‘डोल्पामा मान्छे मरेको बेला क्रियापुत्री र उसका परिवारले दलितसँग कुरा समेत नगर्ने गरेको पाईको छ, यो एकदमै अमानविय ब्यबहार हो, यसको उन्मुलका लागि जिल्लाका सम्पुर्ण सरोकारवाला र बिशेष गरेर स्थानीय सरकार चनाखोहुनुपर्छ ।’ उनले भने– ‘डोल्पाकै एक बिद्यालयमा पढाउने शिक्षकहरु समेत दलित बिद्यार्थीको हातबाट पानी नखाने गरेको पाईएको छ ।’

अझै पनि डोल्पाका मठ मन्दिर, धारा, कुवा लगाएतका सार्वजनिक सम्पदाहरुमा दलितलाई प्रवेशमा रोक लगाएकोमा दलित अधिकारबादीले दुख ब्यक्त गरेका थिए । डोल्पाको इतिहासमै पहिलो पटक भएको कार्यक्रममा दलितहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते