‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गर्ने कामीरिता शेर्पालाई

Share it with you friends

काठमाडौं, १५ जेठ । यस बर्षको ‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पालाई प्रदान गरिएको छ ।

एघारौं अन्तराष्ट्रिय सगरमाथा दिवसका अबसरमा मूल समारोह समितिले मंगलबार काठमाडौमा बिशेष कार्यक्रमको आयोजना गर्दे शेर्पालाइ उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र उचाइ हेलिकप्टर उडान भर्ने क्याप्टेन सिद्धार्थ गुरुङलाई पनि ‘तेञ्जिङ हिलारी पुरस्कार’ पुरस्कार प्रदान गरियो ।

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आरोहणमा दक्ष जनशक्ति उत्पादन गर्ने नेपाल माउन्टेनरिक इन्स्ट्रक्टर एशोसिएसनलाई एक लाख राशिको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरियो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सगरमाथालगायत हिमाल आरोहण गरी नेपाललाई विश्वमा चिनाउने साहसी आरोहीलाई राज्यले विशेष सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

मन्त्री मगरले सगरमाथा चढाउने शेर्पाको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिई तिनलाई आवश्यक सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं मूल समारोह समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले देशको गौरव, मान र शान सगरमाथाको संरक्षण र प्रवद्र्धनका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित गर्न सरकार र निजी क्षेत्रको साझेदारिता चाहिने उल्लेख गर्नुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते