त्रिशूली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, ११ जनाको उद्धार

Share it with you friends

साउन २४, २०७६ शुक्रबार

धादिङ –

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भइरहेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।
त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना, नेपाल प्रहरी र प्रहरीले उद्धारको काम गरिरहेका छन् । थप विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *