धुनिबेशी नगरपालिकाको छैठौं नगरसभा सम्पन्न, ४ करोड ४७ लाख स्वीकृत

Share it with you friends

धादिङको धुनिबेशी नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन अन्तरगत नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार नगरपालकाको छैठौ नगरसभा आइतबार सम्पन्न भएको हो ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण आचार्यले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर चालु आर्थिक बर्षको वार्षिक बजेट, तथा विभिन्न प्रस्तावहरु पारित गरिएको बताउनुभयो । साथै हिउदे नगर सभा भएकाले हिउदे अधिवेशन विद्येयक अधिवेशन भएको स्पष्ट पार्नुभयो ।

नगरसभामा धुनिबेशी नगरपालिकाको बस्ती बिकास शहरी योजना तथा भवन निर्माण मापदण्ड संशोधनसहित २०७६ निर्देशीका, विपद व्यवस्थापन कोषमा रकम थप सम्बन्धमा, विज्ञापन कर संकलन सम्बन्धमा सार्वजनिक सरोकारका भौतिक संरचनाहरुमा लाग्ने नक्सापास दस्तुर छुट लगायत अन्य प्रस्तावहरु माथी छलफल गरी पारित गरिएको छ । नगरसभामा नगरपालिकाका नगर उपप्रमुख निरु खरेलले चालु बर्षको सांसोधन बजेट तथा योजना बारे जानकारी गराउनुभएको थियो ।

सभामा नगरपालिकालाई समृद्ध बनाउनका लागी शिक्षा र स्वास्थमा विशेष योजना बनाउनुपर्ने, कृषि र पशु क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, लक्षीत वर्गको लागी आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा नगर सदस्यहरूले आफ्नो भनाई राखेका थिए । सभामा प्रस्तुत प्रस्तावबारे प्रमुख प्रशासकिय अधिकृत गोबिन्द सिग्देलले सहजिकरण गर्नुभएको थियो । सभाले चालु आर्थिक बर्षमा बचत हुन आएको ४ करोड ४७ लाख रकमलाई विभिन्न योजनाहरुका लागि विनियोजन गरी स्वीकृत समेत गरेको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते