धादिङकाे थाक्रे गाँउपालिकाको वडा नं. ४ र ५ खुल्ला दिशामुक्त क्षेत्र घोषणा ।

Share it with you friends

धादिङ । धादिङ को थाक्रे गाँउपालिकाको वडा नं. ४ र ५ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । हाल थाक्रे गाउपालिका मा रहेको साविकको तसर्पू गाविस लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा नंं ५ को बाहुनस्थानमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिति धादिङका सभापती जगन्नाथ नेपालले सावुन पानीले हात धोएर वडा न. ४ र ५ लाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।


थाक्रे गाँउपालिका र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङ पहलमा सुरु भएको थाक्रे गाउँपालिका वडा नं. ४ र ५ को एक्यवद्धता खुल्ला दिशामुक्त र पूर्ण सरसफाईमा प्रतिबद्धता भन्ने मुल नारा बोकेर सुरु भएको हाे ।

अभियान वडा नं. ४ र ५ का सम्पूर्ण घरघरमा सौचालय निर्माण कार्य सम्पन्न भएपछी अभियान सफल भई उक्त वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनु भयो ।

साथै उहाँले गाँउपालिकाका सबै वडाहरुलाई पनि छिट्टै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने बताउनु भयो ।
२०६८ सालबाट सुरु भएको सरसफाई तथा स्वच्छता गुरुयोजनाले २०७३ सालसम्ममा देशका सबै घरघरमा चर्पी निर्माण भईसक्ने लक्ष्य लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *