बेनिघाट रोराङ गाउँपालिकाका वडा सदस्य राम्जी चेपाङमाथी गोली प्रहार

Share it with you friends

असार १९, २०७६, धादिङ्ग,

धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते हुनुभएको छ । चितवन स्थायी घर भएका इन्द्र बहादुर चेपाङले बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला गोली प्रहार गरेको र गोली लागि राम्जी चेपाङ गम्भीर घाईते भएको स्थानियहरुले बताएका छन् । गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भिर चोट लागेकोेले काठमाडौँ स्थित नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।

एक महिना अगाडी पनि इन्द्र बहादुर चेपाङ्गलाई विद्यार्थी बलात्कार तथा महिला दुव्र्यवहारको आरोप लागेको थियो र उनी फरार भएका थिए । ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोजतलास गर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न सकेको थिएन । फरार अभियुक्तलाई खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते