थाक्रे गाउपालिका ६ महादेवबेशीमा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल ३ श्वावण २०७६ धादिङ्ग ।  धादिङ्गको थाक्रे गाउपालिका ६ महादेवबेशीमा SEE परिक्षा २०७५ मा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थी तथा सम्बन्धित विषयका शिक्षकहरुलाई बधाई, शुभकामना, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिकाले महादेवबेशीमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट अंकका साथ प्रथम स्थान ल्याउन सफल जनजागृती मावि थाक्रे २ का अमन बिडारी, दि«तीय स्थानमा सुनिल बिडारी, महाकाली मावि थाक्रे २ का अस्मिता नेपाल र तृतीय स्थानमा दिक्षा अर्याल गरी ४ जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षाका लागी खाद्य परियोजना प्रमुख भोजराज काफ्ले, विशिष्ट अतिथी तथा शिक्षा विकाश तथा समन्वय धादिङ्गका प्रमुख अम्बिका प्र. आचार्य, राजनितिज्ञ एवम समाजसेवी नेत्रराज पौडेलद्धारा क्रमिक रु ५०००, रु ३०००, रु ३०००, रु २००० नगद सहित सम्मान गरिएको छ ।
त्यसैगरी जनजागृती मावि, सेतीदेवी मावि, महाकाली मावि, ज्योती मावि का उत्कृष्ट अंक ल्याउन सफल सम्बन्धित विषयका १० जना शिक्षकहरुलाई गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष अम्बिका रुपाखेतीद्धारा सम्मान गरिएको छ ।

त्यस्तै विद्यालय तर्फ थाक्रे गाउपालिका भित्र सर्वोत्कृष्ट अंक ल्याउन सफल जनजागृती माध्यामिक विद्यालयलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा शिक्षाका लागी खाद्य परियोजना प्रमुख भोजराज काफ्लेले शिक्षालाई अनुशासनको रुपमा लिई सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा शिक्षाका लागी खाद्य परियोजनाका प्रमुख भोजराज काफ्ले, शिक्षा विकाश तथा समन्वय इकाई धादिङ्गका प्रमुख अम्बिका प्र. आचार्य, थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, राजनितिज्ञ एवम समाजसेवी नेत्रराज पौडेल, अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते