थाक्रे गाउँपालिकामा विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share it with you friends


राजाराम डंगोल   थाक्रे २९ कार्तिक २०७६-      थाक्रे गाउँपालिकामा आज विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्पपछिको पुनर्निर्माण तथा पुनर्निर्माणमा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत अन्तरक्रिया गरिएको हो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा धादिङका इन्जिनियर निर्मल बोगटी, प्राविधिक राजेन्द्र जोशि, महेन्द्र विष्ट लगायतको आतिथ्य रहेको थियो ।

थाक्रे गाउँपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा विद्यालयको पुनर्निर्माणको अवस्था तथा प्रगतिको अवस्थाको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागि प्रधानाध्यापकहरुले विद्यालय पुनर्निर्माणको स्थिति तथा भौतिक अवस्थाको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । सो क्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका इन्जिनियर निर्मल बोगटीले विद्यालयको पुनर्निर्माणको कामलाई राम्रोसँग अगाडि बडाउन विद्यालय व्यवस्थापन समिति तथा समुदायले पनि अपनत्व लिनुपर्ने बताउनुभयो । उहाले सम्झौता अनुसार भवन बन्नुपर्ने, समय समयमा प्राविधिक चेकजाँच हुने हुँदा गुणस्तरणीयता कायम राख्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले विद्यालय पुनर्निर्माणको काममा गाउँपालिकासँग त्यति समन्यवय नभएको अवस्था रहेको भन्दै आपसी समन्वयमा निर्माणको कामलाई अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउनुभयो । यसैगरी गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले विद्यालय भवन निर्माणको समयमा नियमित प्राविधिकको निरिक्षण र अनुगमन गरी गुणस्तरीय निर्माणमा सहयोग गर्न सुझाव दिनुभयो । यसैगरी गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले आवश्यकताको आधारमा भवन निर्माण हुनुपर्ने र हरेक निर्माणको काममा अनियमितता हुन नहुने भन्दै हरेक काममा पारदर्शिता हुनुपर्ने सुझाव दिनुभयो । थाक्रे गाउँपालिकाको समन्वय र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते