थाक्रे गाउँपालिकाले बहुबर्षिय भूई र डाले घाँसहरु बितरण गर्ने (सूचनासहित)
धदिङ जिल्लाको थाक्रे गाँउपालिकाले बहुबर्षिय भूई र डाले घाँसहरु बितरण गर्ने भएको छ ।
पशुसेवा साखा अन्तर्गतको स्विकृत कार्यक्रम अनुसार कृषकहरुलाई बहुबर्षिय सुपर नेपियर, मुलाटो, बदामे र पारा जातको घाँस र बढहर, निमारो लागायत जातको विरुवाहरु निशुल्क उपलव्ध गराउन लागेको पालिकाले जनाएको छ ।
कृषकहरुलाई आवश्यक पर्ने बिउको मात्रा खुलाई जेठ २६ गतेसम्म निवेदन दिन पनि गाउँपालकिाले कृषकहरुलाई अनुरोध गरेको छ ।

