थाक्रे गाउपालिकाको आयोजनामा रेविज सप्ताहको अवसरमा एक दिने तालिम सम्पन्न
८ असोज २०७६, बुधबार ।
रेविज सप्ताहको अवसरमा एक दिने तालिम थाक्रे गाउपालिकाको हलमा सम्पन्न भएको छ । थाक्रे गाँउपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा रेविज रोगको बारेमा जानकारी , रेविज विरुद्धको खोप , खोपको मात्रा तथा रेविज नियन्त्रणका लागी थाक्रे गाउपालिकाले गरेका प्रयासहरुका बारेमा जानकारी प्रदान गरिएको छ ।

एक दिने पुनर्ताजकी तालिममा थाक्रे गाउपालिका भित्र क्रियाशिल पशु स्वास्थ्य कार्यकर्ता, विभिन्न ग्रैह सरकारी संस्थामा आवद्ध पशु स्वास्थ्य कार्यकर्ता तथा गाउपालिकाका सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।
तालिमलाई थाक्रे गाउपालिका स्वास्थ्य सेवाका रविन्द« पाण्डे र गाउपालिका पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक सुरज कोईरालाले सहजीकरण गर्नुभएको थियो ।
