थाक्रे गाउपालिकाले सामुदायिक विद्यालयका निजी स्रोतमा अध्यापन गराउने शिक्षकहरुलाइ समेत पालिका बाट नै तलव खुवाउने ।

Share it with you friends

 


राजाराम डंगोल, थाक्रे ६,महादेवेशी धादिङ । २०७६ बैशाख १७ ,
थाक्रेगाउँपालिकाले गाउ पालिका भित्र रहेका सबै सामुदायिक विद्यालयमा निजी स्रोत बाट तलब खाई अध्यापन गराइरहनु भएका शिक्षकहरुलाई आवश्यकता अनुसार पालिका बाट नै तलव खुवाउने निणर्य गरेको छ ।


थाक्रे गाउँपालिकाको कार्यलयमा बसेको प्रध्यानापकहरुको अन्तक्रियात्मक कार्यक्रममा बोल्दै गाउ पालिका का अध्यक्ष रामकुमार आचार्यले अबका दिनहरुमा थाक्रे गाउपालिकका विभिन्न् सामुदायिक विद्यालयमा निजी शिक्षकको रुपमा अध्यापन गराई आईरहनु भएका शिक्षकहरुलाई गाउँपालिका बाट नै तलब दिने निणय गर्नु भएको हो । नेपाल सरकारको सबै बालबालिका का लागी निशुल्क शिक्षा दिने योजना अन्र्तगत थाक्रे गाउँपालिकाले नयाँ योजना ल्याएको पनि अध्यक्ष आचार्यले बताउनु भयो ।


कार्यक्रममा थाक्रे गाउँपालिका कार्यकारी अधिकृत जगत प्रसाद भुसालले गुणस्तरिय शिक्षाले मात्र अन्य बिकासका कार्यक्रममा सहयोग पुग्ने भन्दै आफुहरु सदैव विद्यालयका समस्याहरु समाधान गर्न तयार भएको बताउनु भएको थियो ।
थाक्रे गाउँपालिकाको नियमित प्रध्यानापकहरुको अन्तत्रियात्मक कार्यक्रममा गाउँपालिका अन्र्तगत रहेका ४५ वटा बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी शिक्षकहरुले थाक्रे गाउपालिकामा विद्यमान शिक्षाका समस्या, गाउँपालिकाको आगामी शिक्षा निती तथा शैक्षिक सुधारका बिषयमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *