१३०औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा धादिङको खानीखोलामा कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल खानीखोला ,बैशाख १८ २०७६ । १३०औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा धादिङको धुनिबेशी नगरपालिका ८ खानीखोलामा एक कार्यक्रम गरिएको छ । “सबै श्रमजिवी र रोजगारदातालाई आव्हान, सामाजिक सुरक्षामा सुचिकरण हाम्रो आव्हान” भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासँघ (जिफन्ट) धादिङ र अखिल नेपाल ट्रेड युनियन महासँघ (अन्टुफ) धादिङको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न उद्योगका श्रमिक सहितको ¥यालीले खानीखोला बजार परिक्रमा गर्दै धुनिबेशी अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा पुगी औपचारीक रुपमा कार्यक्रम सन्चालन गरिएको थियो ।

जिफन्ट धादिङका सँस्थापक अध्यक्ष तथा सँयुक्त मे.डे कार्यक्रम परिचालन कमिटीका सँयोजक सुरेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंग जिफन्ट प्रदेश नम्बर ३ का प्रदेश अध्यक्ष रामहरी नेपालको प्रमुख आतिथ्यता रहेको थिया े। कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रामहरी नेपालले आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आरामको नारा सहित सुरु भएको यो दिवसले अहिले आएर सार्थकता पाउन लागेको बताउनु भयो ।

श्रमिकलाई अधिकार दिलाउन ट्रेड युनियनहरु जसरी लागिपरेका छन । अब स्थानिय स्तरमा स्थानिय तह सहितका सरकारले श्रमिकको अधिकारको लागि निती तथा कार्यक्रम लेराएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको नेपालले बताउनु भयो ।

कार्यक्रमको विशेष अतिथीका रुपमा रहनु भएका जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख भागिरथ पाण्डेले समाजमा धेरै किसिमको मजदुर रहेको उल्लेख गर्दै आफु पनि एक किसिमको मजदुर रहेको बताउनु भयो । साथै उहाँले श्रमिकको हक अधिकारका लागि आवाज बुलन्द पार्न पनि कार्यक्रममा सहभागी मजदुरहरुलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथी तथा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नगरपालिकाले मजदुरको हक हितको लागि नै काम गरिरहेको बताउदैँ आउने दिनमा पनि नगरपालिकाले कसैको अहितमा काम नगर्ने र सकारात्मक कार्यक्रम तथा नितिहरुलाई कार्यन्वयन गर्दै अगाडी बढ्ने बताउनु भयो ।


यसैगरी कार्यक्रमका अध्यक्ष ता ग्रहण गर्नु भएका जिफन्ट धादिङका संस्थापक अध्यक्ष सुरेश आचार्यले समग्र धादिङको मजदुर आन्दोलन को साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती र श्रमिक दिवस कार्यक्रमको बारेमा सहभागीहरुलाई प्रष्ट पार्नुभएको थियो । साथै कार्यक्रमको संयोजक समेत रहनु भएका नेकपा धादिङका नेताको रुपमा चिनिने आचार्यको नेतृत्वमा भएको सम्पन्न कार्यक्रममा कलाकारहरु रुपक परियार, यशोदा विडारी दुर्गा विडारीले आफ्नो प्रस्तुती मार्फत सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा जिफन्ट ३ नम्बर प्रदेश सचिव अर्जुन अर्याल, नगरपालिकाका उपप्रमुख निरु खरेल, जिल्ला समन्वय समितीका सदस्य उर्मिला रेग्मी, गैह्र सरकारी सँस्था महासँघका केन्द्रिय सदस्य गोकर्ण रुपाखेती, ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख उद्धव पोखरेल, नेकपा नेता कृष्ण पन्त, दिपक लामिछाने, बासुदेब बास्कोटा, ईन्द्र तामाङ धुनिबेशी नगरपालिका तथा थाक्रे गाउपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संग सस्थाका प्रतिनिधि, संचारकर्मी, लगायतको उपस्तिथी रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते