थाक्रे गाउपालिका मा रुपान्तरणका लागि रुपान्तरित नेतृत्व विषयक तिन दिने तालिम संचालन
राजाराम डंगोल थाक्रे । धादिंग को थाक्रे गाउपालिका २ सिम्लेमा रुपान्तरणका लागि रुपान्तरित नेतृत्व विषयक मा तिन दिने तालिम सोमबार बाट संचालन भएको छ । थाक्रे गाउपालिकाको आयोजना मा भएको रुपान्तरणका लागि रुपान्तरित नेतृत्व विषयक तालिममा थाक्रे गाउपालिकामा निर्वाचित जनप्रतिनिधिहरु सहभागी भएको छ ।

डा. रेणु अधिकारी लगायत बरिस्ट व्यक्तित्व हरुले तालिम को सहजीकरण गर्नु भएको उक्त तालिममा सकारात्मक सोच , ब्याबाहार ,लैगिक विभेद ,रुपान्तरण ,कामहरुलाइ कसरि समृद्धि बनाउन सकिन्छ ,नेतृत्व गर्दा कस्ता सोच ब्याबाहार गर्दा उपयुक्त हुन्छ लगाएतको विसयमा छलफल भैरहेको छ। थाक्रे गाउपालिका मा निर्वाचित जनप्रतिनिधि हरु सहभागी भएको तालिम २८ गते सम्म संचालन हुने छ ।


