
राजाराम डंगोल, थाक्रे , ५ चैत्र । थाक्रे गाउपालिका वडा नं. २ लामागाउ चौतारोमा रहेको सामुदायिक भवनमा १ दिने निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । थाक्रे गाउपालिकाको आयोजना तथा आड्रा नेपाल र रिम्स नेपालको सहयोगमा सम्पन्न भएको पशु स्वास्थ्य शिविरमा ३६ ओटा गोरुको गोबर परिक्षण , कुखुरा १३३ ओटा , बाखा्र ६६६ ओटा, गाई १०७ वटा, भैँसी १४६ र जम्मा ९१३ ओटा पशु हरुको स्वास्थ्य परिक्षण गरिएको थियो । १२० घर धुरीका किसान लाभान्वित भएका छन । रिम्स नेपालको फोस्टर परियोजना अन्र्तगत सम्पन्न भएको पशु स्वास्थ्य शिविरमा थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य उपाध्यक्ष अम्विका रुपाखेती, थाक्रे गाउपालिका वडा नं. २ का वडा अध्यक्ष राजकुमार पौडेल, पशु चिकित्सक डा. सुशिल राय गाउपालिका का पशु स्वास्थ्य प्राविधिक सुरज कोईराला , रामकृष्ण अधिकारी रिम्स नेपालका पशु स्वास्थ्य प्राविधिक चिरञ्जीवि आचार्य, खेम कार्की लगायतको सहभागिता थियो ।

थाक्रे २ लामागाउँमा निशुल्क पशु स्वास्थ्य परिक्षण शिविर सम्पन्न ।
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply