दशैँमा आफन्तलाई कोसेली स्याउ

Share it with you friends

२३, असोज  २०७६ ।    दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने गरेका हुन् । धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गरेका थिए ।

अपी हिमाल गाउँपालिकाबाट पिठ्यूँमा बोकेर ल्याएको स्याउको बजारीकरण होस् भन्नका लागि कार्यक्रममा स्याउ वितरण गरे । तर सडक अभाव र बजार नहुँदा अहिले पनि उहाँको स्याउ बारीमै कुहिने अवस्थामा पुगेको छ । “खण्डेश्वरीमा स्याउको बजार छैन । सानो बजार छ, स्याउ कृषक धेरै छन् । स्याउ ग्रेडिङ गर्ने, स्याउ स्टोर गर्ने उपकरण छैन”, धामीले भने , “बारीमै कुहिन दिनुभन्दा आफन्तलाई स्याउ उपहारको रुपमा दिनु ठीक हुन्छ ।” अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ ।

दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । तर अहिले पनि उहाँको मात्र नभई जिल्लाभरिका स्याउ कृषकले उत्पादन गरेका स्याउले बजार पाएका छैनन् । खण्डेश्वरीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन र ग्रामीण जलस्रोत परियोजना जीविकोपार्जन कार्यक्रमअन्तर्गत अपी हिमाल गाउँपालिका–३ र ४ मै हजारौँ बोट स्याउ खेती गरिएको छ । स्याउको बजार नपाउँदा कृषकहरुले स्याउलाई आफन्तलाई कोसेलीका रुपमा दिन थालेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा स्याउ खेती गर्न थालेका यहाँका स्थानीयहरु बजार अभावमा समस्या झेल्दैछन् ।

हिमाली क्षेत्रका स्थानीयको अधिंकाश बबारीमा स्याउ लटरम्म फलेका छन् । तर बजार र सडकको पहुँचबाट टाढा भएकाले उनीहरुले बिक्री गरेर आर्थिक लाभ लिन भने सकेका छैनन् । “बजार र सडक नहुँदा आफन्तलाई स्याउ कोसेलीस्वरुप दिने गरेका छाँै”, कपुर धामीले भन्नुभयो, “चाडपर्वको बेला नजीकका आफन्तलाई स्याउ दिनु परेको छ । उनले आफ्नो बारीमा लगाएका डेढ सय बोटका स्याउ बिक्री नभएपछि कोसेलीका रुपमा दिँदै आएका छन् । एउटा बोटमा सरदर २० किलोभन्दा बढी नै फल दिएको छ । गाउँसम्म न सडक पहुँच छ, न त बजार नै । जसका कारण उत्पादित स्याउबाट आम्दानी हुन नसकेको उनले बताए ।

“जिल्लाको व्यास, अपी हिमाल, नौगाड, मार्मा, र दुहुँ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ । यीमध्ये अपी हिमाल र व्यासमा राम्रो स्याउ उत्पादन भएको छ । सडक पुगेको क्षेत्रमा स्याउ खासै फलेको छैन ।

थोरै सडक पहुँच नजीक पुगेका छौँ”, मार्मा–५ का स्याउ कृषक इन्द्रसिंह महताले भने । तर यस क्षेत्रमा जङ्गली जनावर बँदेल र असिना पानीले स्याउ नष्ट गरिदिन्छ । बजार र सडक छ, तर स्याउ लगाउने कृषक कम छन्, महताले भने, “आफूले पनि शुरुमा बैतडीको सतबाजबाट परीक्षणका लागि लगाएको स्याउले अहिले उत्पादन दिन थालेको सुनाउनुभयो । “शुरुमा दुई सय बोट ल्याएर खेती गरे”, उनले भने ।

तर असिना र जङ्गली जनावरबाट जोगाउनै मुस्किल छ । १०/१५ क्विन्टल मार्मा गाउँपालिका बजारमा बिक्री गरियो । स्याउ अपी हिमालको वडा नं २ को सिती, दैभात, ३ को पाथा, कसौती, थुम्ती, ४ को खात्ती लगायतमा राम्रो उत्पादन हुने गरेको छ । यस्तै व्यास गाउँपालिकाको छाङ्गरु, गागा, राप्ला, मल्लीराप्ला, दुम्लिङ, पथ्थरकोट, तुसरपानी लगायतका क्षेत्रमा राम्रो उत्पादन हुने गरेको व्यास गाउँपालिकाका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडूले बताए ।

जिल्लाभरि स्याउको सम्भावना बोकेका क्षेत्र छन् । स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ ग्रेडिङ, स्याउ स्टोरेज र स्याउ परिकार बनाउने तालीम पाउनुपर्ने स्याउ किसानको माग छ । स्याउको परिकार बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते