दाइजो नल्याउँदा गर्भवतीको यो हालत

Share it with you friends

काठमाडौं,२९ चैत  ।  बुटवल  दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो।

मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन्। माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन्।

‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें।’ मादकपदार्थ सेवन गर्ने श्रीमान्ले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ। बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन्।

पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन्। आठौं पटकसम्म प्रहरी चौकीमा पुग्दासमेत उनले न्याय पाएकी छैनन्।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए। विदेशमा रोजगारी गर्ने श्रीमान्ले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन् उस्काएपछि थप पीडामा परेकी हुन्। दुई दिनदेखि आफन्तको घरमा आ श्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन्।

‘प्रहरीमा पुग्दा मिलेर बस्नू भन्दै पठाउँछन्। घरमा टिक्ने अवस्था भएन’, उनले भनिन्। श्रीमान्ले केही समयअघि गर्भको बच्चा मार्ने औषधि खान भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा परेकी छन्। ‘पेटको बच्चा मारेर घर छाडेर जा’, श्रीमान्को भनाइ उद्धृत गर्दै उनले अन्नपूर्णसँग भनिन्।

आठौं पटक प्रहरीमा पुगेकी उनलाई प्रहरीले नै मेलमिलाप गर्न भन्दै वडा कार्यालयमा पठाएको थियो। तीन दिनदेखि मेलमिलाप गराउने भन्दै छलफल भइरहेको छ। पीडक पक्ष नै मिलापका लागि राजी नदेखिएको बताइएको छ।

प्रहरीसँग हिंसा गर्दिनँ भन्ने तर घर पुग्नासाथ कुट्ने गरेको शारदाले बताइन्। श्रीमान्को कुटाइले शरीरका अंगसमेत सुन्निएका छन्।

इप्रका सालझन्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले प्रहरीले श्रीमान्– श्रीमतीबीच मिलाप गराउन प्रयत्न गरेको बताए। ‘हामीले पहिलो उजुरीपछि नै अब हिंसा नगर्ने सहमति गरेर पठाएका हौं’, उनले भने।

पटक–पटक पीडित शारदा प्रहरीकहाँ पुगेपछि प्रहरीले वडा कार्यालयमा मिलापका लागि जिम्मा लगाएको हो। पीडितका श्रीमान् हेमन्तले आफूले गल्ती स्वीकार गरी माफी मागेको जनाउँदै दाइजोको विषयमा भने कुनै कुरा नउठेको दाबी गरे।

सैनामैना नगरपालिका–६ का वडाध्यक्ष वसन्त पाण्डेले तीन महिनाको गर्भ रहेकाले घटनालाई सकभर मिलाउने प्रयास गरिएको बताए। ‘चार दिनसम्म छलफल गर्‍याौ, सहमति भएन, पीडितले मेरो र बच्चाको सुरक्षा हुने विश्वास हुनुपर्‍यो भनेकी छन्’, उनले भने, ‘वडामा सहमति नभएपछि नगरको न्यायिक समितिमा पठाएको छ।’आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते