दुई दिनमा २८ हजारभन्दा बढीले लगाए कोरोना खोप, कुनै समस्या देखिएन

Share it with you friends

 

काठमाडौं, १५ माघ । कोरोनाविरुद्धको खोप नेपालमा दुई दिनमा २८ हजार ७३२ व्यक्तिहरुले खोप लगाएका छन् ।

७७ जिल्लाका नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । बुधबारदेखि सुरु भयो खोप अभियानको आज दोस्रो दिन हो ।

प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा ३ हजार ८४७ जनाले, प्रदेश २ मा २ हजार १७४ जनाले र बाग्मती प्रदेशमा ११ हजार ४६१ जनाको उक्त खोप लगाएका छन् ।

त्यस्तै, ४ हजार ५८३ जनाले, लुम्बिनीमा २ हजार ३०३ जनाले, कर्णालीमा १ हजार ६७७ जना र सुदूरपश्चिममा २ हजार ४१७ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । अहिलेसम्म कसैलाई पनि यसको कुनै नकरात्मक प्रभाव र स्वास्थ्य समस्या नदेखिएको प्रवक्ता गौतमले स्पष्ट पारेका छन् ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, फोहोरमैला व्यवस्थापनमा खटिने फोहर संकलक र तथा चालकहरु, एम्बुलेन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु र महिला स्वास्थ्य स्वयम् सेवकहरुलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरुलाई पनि खोप लगाउने प्राथमिकतामा सरकारले राखेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते