दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…

Share it with you friends

काठमाडौँ, १६ वैशाख । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए।

चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ। सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए।

सीआरसीसीले ‘पीपीपी’ र ‘बीओओटी’ मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए।

गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *