प्रथम महादेबबेसी मिनी महोत्सब अाज तेस्रो दिन, काे काे अाउदैछन कलाकार
धादिङ, १६ वैशाख । धादिङको थाक्रे ११ मा महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सब को दाेस्रो दिन हिजाे करिब २५ सय दर्शकले मेलाको अवलोकन गरेका छन ।
मेलाको दोस्रो दिन शनिवार आधुनिक गाएक हेमन्त शर्मा , नृत्यङ्गना रेखा राई लोक गायिका विन्दा परियार, यसोदा विडारी, दुर्गा विडारी सविन लामा, मनोज थापा तथा उत्सब लामा लगायतका कलाकारले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।

साथमा बारा पथलैयाका द लिटिल ब्याण्डका कलाकार हरुको पनि प्रस्तुती रहेको थियो । थाक्रेको पर्यटन पर्बद्धन गर्ने उद्देश्यले संचालन गरिएको मेलामा विभिन्न घरायसी सामान, आधुनिक कृषि औजार लगायत विभिन्न खाद्य परिकारहरुको स्टल रहेको मेलामा कोरियन खाजाले अवलोकनकर्ताको मन जितेको छ ।

मेलाकाे तेश्राे दिन अाज लाेकगाएक नविन पाैडेल , हरीराम परियार लगायत स्थानिय कलाकार हरुकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ ।
उज्यालो भविश्य महिला समुह र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजना तथा न्यू स्टार क्लब महादेबबेसी, महादेबबेसी स्पोर्टस क्लब, थाक्रे कला केन्द्र देब विकास बैङ्क, हर फार्म नेपालको साथ र सहयोगमा संचालन भएको मिनि महोत्सब यहि बैशाख २४ गते सम्म संचालन हुनेछ ।
