दुर्गेशको रिहाईसँगै उनको विवादित गीतमा प्रतिबन्ध

Share it with you friends

५ कात्तिक २०७६, मंगलबार ।

मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश थापा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो ।

महाशाखामा दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका छन् । उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएको पनि जनाएका छन् । साथै दुर्गेशले आउँदो दिनमा सामाजिक, सांस्कृतिक सद्भाव खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रसारण नगर्ने पनि प्रतिबद्धता जनाएका छन् । दुर्गेशले युट्युबबाट गीत हटाएपछि उनलाई रिहा गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते