‘दुर्घटनामा फसेकाको उद्दारको साटो मोबाइलमा भिडियो खिच्न थाले’

Share it with you friends

एजेन्सी । मंगलबार भारतको उत्तर प्रदेशमा निर्माणधिन फ्लाई ओभर भत्कदा १८ जनाको मृत्यु गयो । तर स्थानीयबासिन्दाले मृत्यु हुनेको शंका १८ भन्दा धेरै रहेको हुन सक्ने बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी सलिम नाम गरेका व्यक्तिका अनुसार जब दुर्घटना भएको थियो उनी भागेर त्यहाँ पुगेका थिए । जब फ्लाई ओभरको बिम खस्यो तब केही गाडीहरु पुरिन थाल्यो । तर त्यहाँ रहेका मानिसहरु फेसकाहरुलाई बचाउन भन्दा पनि मोबाइलमा भिडियो खिच्न थालेका थिए ।


यो घटनामा फसेकी एक महिलालाई उद्दार गर्न जाँदा उनले आफ्नो बच्चाको उद्दार गर्न भनेकी थिईन । तर घटनामा दुवै जनाको ज्यान गयो, उनले भनेका छन् । उनले यो घटनामा ४० देखि ५० जना पुरिएका र त्यसमध्ये चार पाँच जनामात्रै बाँचेकाले घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
उत्तर प्रदेशको वाराणसी केंटमा सन् २०१५ अक्टुबरदेखि फ्लाई ओभर बनाउने काम सुरु भएको थियो ।

तर व्यवस्थित नहुँदा त्यहाँ हेरक दिन लामो जाम हुने गरेको थियो । केही प्रत्यक्षदर्शीका अनुसार स्थानीय प्रशासन उद्दारका लागि पुग्नु भन्दा अगावै त्यहाँ स्थानीयबासिन्दाले उद्दार थालेका थिए ।

उनीहरुले उद्दारकार्यमा प्रशासनले लापरबाही गरेको पनि आरोप लगाएका छन् । उनीहरुले यो दुर्घटना पछि पनि त्यहाँ सुरक्षाका लागि कुनै उपाय नअपनाइएको गुनासो गरेका छन् ।

निर्माणाधिन यो फ्लाई ओभरको काम ३० महिनामा पूरा गर्नु पर्ने थियो ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते