देउवालाई सभापतीवाट नहटाएसम्म पार्टी कमजोरै हुन्छ : डा. कोइराला

Share it with you friends

विराटनगर,२९ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर अवस्थामै गुज्रने बताएका  छन्।

‘जहिलेसम्म देउवाजी सभापतिमा बस्नुहुन्छ कांग्रेस कमजोर रहन्छ’, शुक्रबार विराटनगरमा मोरङ क्षेत्र नं ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै डा. कोइरालाले भने– ‘कांग्रेसलाई बलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन गर्न आवश्यक छ।’

देउवाले पार्टीमा गुट उपगुट चलाएर संगठन कमजोर बनाएको र पार्टी ध्वस्त हुन लागेको उनको आरोप थियो। निर्वाचनमा हारको जिम्मेवारी पनि लिन नसक्ने देउवाजीलाई सभापति भएर बस्ने अवस्था छैन कोइरालाको धारणा रहेको छ। ‘पार्टीले हारेको छैन, व्यक्ति हारेको हो’ –उनले भने।

‘जिम्मेवारी पनि लिन नसक्नेले पार्टीको नेतृत्व सम्हालिरहनु कतिको न्यायसंगत हो?’ –कोइरालाले आक्रोश पोखे। कांग्रेसलाई पुरानै स्थितिमा फर्काउन १४औं महाधिवेशन तत्कालै डाकिनुपर्ने कोइरालाले माग गरे। महाधिवेशनले देउवालाई बर्खास्त गरेपछि पार्टी पुरानै स्थितिमा फर्कने उनको ठोकुवा थियो।

कांग्रेसले नयाँ नेतृत्व पाएपछि वाम गठबन्धनबाट तर्सिरहनु नपर्ने उनको विश्वास थियो। यसको लागि सर्वप्रथम महासमितिको बैठक तत्कालै बसाउन कोइरालाले आग्रह गरे । देश संघीयतामा गइसके पनि पार्टी पुरानै मान्यतामा चलेको चर्चा गर्दै कोइरालाले एउटै क्षेत्रमा ३ क्षेत्रीय सभापतिले काम गरिरहेको बताउँदै योभन्दा लाजमर्दो कुरा केही हुन नसक्ने बताए। समाचारपपत्र दैनिकमा सरोज यादवले खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *