देउवालाई सभापतीवाट नहटाएसम्म पार्टी कमजोरै हुन्छ : डा. कोइराला

Share it with you friends

विराटनगर,२९ वैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन नभएसम्म कांग्रेस कमजोर अवस्थामै गुज्रने बताएका  छन्।

‘जहिलेसम्म देउवाजी सभापतिमा बस्नुहुन्छ कांग्रेस कमजोर रहन्छ’, शुक्रबार विराटनगरमा मोरङ क्षेत्र नं ६ को क्षेत्रीय समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै डा. कोइरालाले भने– ‘कांग्रेसलाई बलियो बनाउने हो भने तत्कालै नेतृत्व परिवर्तन गर्न आवश्यक छ।’

देउवाले पार्टीमा गुट उपगुट चलाएर संगठन कमजोर बनाएको र पार्टी ध्वस्त हुन लागेको उनको आरोप थियो। निर्वाचनमा हारको जिम्मेवारी पनि लिन नसक्ने देउवाजीलाई सभापति भएर बस्ने अवस्था छैन कोइरालाको धारणा रहेको छ। ‘पार्टीले हारेको छैन, व्यक्ति हारेको हो’ –उनले भने।

‘जिम्मेवारी पनि लिन नसक्नेले पार्टीको नेतृत्व सम्हालिरहनु कतिको न्यायसंगत हो?’ –कोइरालाले आक्रोश पोखे। कांग्रेसलाई पुरानै स्थितिमा फर्काउन १४औं महाधिवेशन तत्कालै डाकिनुपर्ने कोइरालाले माग गरे। महाधिवेशनले देउवालाई बर्खास्त गरेपछि पार्टी पुरानै स्थितिमा फर्कने उनको ठोकुवा थियो।

कांग्रेसले नयाँ नेतृत्व पाएपछि वाम गठबन्धनबाट तर्सिरहनु नपर्ने उनको विश्वास थियो। यसको लागि सर्वप्रथम महासमितिको बैठक तत्कालै बसाउन कोइरालाले आग्रह गरे । देश संघीयतामा गइसके पनि पार्टी पुरानै मान्यतामा चलेको चर्चा गर्दै कोइरालाले एउटै क्षेत्रमा ३ क्षेत्रीय सभापतिले काम गरिरहेको बताउँदै योभन्दा लाजमर्दो कुरा केही हुन नसक्ने बताए। समाचारपपत्र दैनिकमा सरोज यादवले खबर लेखेका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते