देशैभर धान रोपाइँ ९५ प्रतिशतले सम्पन्न, प्रदेश ३ मा ९७.१७ प्रतिशत धान रोपाई

Share it with you friends

१५ भदौ २०७६, आईतबार,
धादिङ–

मुलुकभर यो वर्षको वर्षे धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष धान खेतियोग्य जमिनमध्ये ९४.८३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । यो तथ्यांक गत वर्षभन्दा ७० हजार ८७६ हेक्टर अर्थात् ०.५६ प्रतिशत कम रोपाइ भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीका अनुसार भदौ १० गतेसम्म १३ लाख ८३० हेक्टरमा क्षेत्रफलमा यो वर्षको वर्षेधान रोपाइँ गरिएको छ । सचिव जीसीले कृषियोग्य क्षेत्रफल नबढे पनि उत्पादकत्व बढाएर उत्पादन वृद्धि गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

यो वर्ष दश दिन ढिला मन्सुन सुरु भए पनि पछिल्ले मनसुन धानबाली अनुकुल भएका कारण रोपाइँको प्रतिशत बढेको मन्त्रालयले जनाएको छ । अन्न भण्डार मानिने तराइ क्षेत्रमा गत वर्षको तुलनामा ०.४५ प्रतिशत कम भएको छ भने मध्य पहाड र उच्च पहाडमा गत वर्ष भन्दा थोरै बढेको छ । तराइमा धान खेतियोग्य जमिनमध्ये ९५.३३ प्रतिशत रोपाइँ भएको छ भने मध्य पहाडमा ९३.०१ र उच्च पहाडमा ९७.९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष तराइमा ९५.७८, मध्य पहाडमा ९५.१६ र उच्च पहाडमा ९६.४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेश अनुसार सबैभन्दा बढी सुदुरपश्चिममा सत प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ मा ९७.१७ प्रतिशत रोपाइँ सकिएको सम्पन्न भएको छ । त्यसैगरि कर्णाली प्रदेशमा ९६.१६, प्रदेश ५ मा ९४.८१, प्रदेश १ मा ९३.८८, प्रदेश २ मा ९३.३१ र गण्डकी प्रदेशमा ९२.८१ प्रतिशत रोपाइँ सकिएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते