धनुषामा बम विस्फोट, घाँस काट्न गएकी एक महिला घाइते
धनुषा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा शुक्रबार बम विस्फोट हुँदा एक महिला घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट हुँदा ६० वर्षीया तीर्थमाया तामाङ घाइते हुनु भएको हो ।
घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
