धन्न दुर्घटनाबाट जोगियो समिट एयरको विमान
सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।
बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल छुटेको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।
पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ विदेशी सवार थिए ।
