धादिङको किराञ्चोकमा दुर्लभ लोभीपापी गरुड चरा फेला, संरक्षणमा गाउँपालिकाले लगानी गर्ने

Share it with you friends

२० भदौ २०७६ ।

धादिङ – धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले लगानी गर्ने भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी गर्ने र गाउँवासी र विद्यार्थीहरुलाई सचेत बनाउने अभियान शुरु गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष र चरा संरक्षणविद्को टोली गाउँमै पुगेर यो चराको संरक्षण गर्न अभियानको थालनी गर्दै पर्चा वितरण, होर्डिङबोर्डहरुको स्थापना र समुदाय र किराञ्चोक माविका विद्यार्थीहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको छ । लोभीपापी गरुड करम, आँप, सल्ला र सिमलको ठूलो बोटमा बासस्थान बनाएर लामो समयदेखि बसेको भए पनि संरक्षणको अभावमा हराउँदै गएको थियो । केही वर्ष अघिसम्म गाउँमा ठूलो बथान भएको भए पनि केही मानिसले मारेर खाने, मलसाँप्रो लगायतको अन्य जीव जनावरले आक्रमण गर्ने, बालीनालीमा विषादीको प्रयोग गर्ने लगायतका कारणले यो हराउँदै गएको संरक्षणविद् कृष्णप्रसाद भुसालले गाउँवासीलाई जानकारी दिनुभयो ।

नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये सेतो घाँटी भएको, चुच्चो रातो भएको, अलि होचो कदको चरा नै लोभीपापी गरुड हो । अहिलेसम्म धादिङको किरञ्चोकमा र कुम्पुर क्षेत्रमा यसको गुँड तथा बासस्थान फेला परेको छ । धादिङको किराञ्चोक क्षेत्रमा केही वर्षअघि धेरै सङ्ख्यामा यो चरा भेटिएको भए पनि पशुमा लगाइने डाइक्लोफेनिक नामक औषधिको प्रयोग, चोरी सिकारी, बासस्थान तथा आहाराको कमीले हालका दिनहरुमा हराउँदै गएको र विश्वमै दुर्लभ चरा भएकोले यसलाई संरक्षण गर्न सबै लाग्नुपर्ने लोभीपापी चराविज्ञ प्रशान्त घिमिरेले बताउनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते