धादिङको गल्छि गाउँपालिका वडा नं. ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाईते
६ असार २०७६, शुक्रबार
धादिङकाे गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको र १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको घट्ना स्थलमा रहेका शिक्षक सुशील माझीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का २३ बर्षिय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षिय सेते मिजार, सविता प्याकुरेल, गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिय कान्छि भुजेल र गल्छि ६ कै ३५ बर्षिय नानु तामाङ रहनुभएको छ । दुर्घटनामा घाईतेहरुको उहिले उद्धार गर्ने क्रम चलिरहेको र घाईते १० जनालाई उपचारको लागि विभिन्न अस्पताल लैजाने क्रम चलिरहेको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो ।
