धादिङको ज्वालामुखी गाउपालिकामा जीप दुर्घटना हुँदा १५ जना जना घाईते

Share it with you friends

धादिङ भाद्र १५ । धादिङको ज्वालामुखि गाउँपालिका स्थित धौखोलामा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । खरीबाट धादिङबेसी जादै गरेको बा १ ज ५४३१ बोलेरो जिप अनियन्त्रित भई करिब ४ मिटर तल खेतमा पल्टिदा १५ जना घाईते भएका छन् । उक्त जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर–५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् ।

दुर्घटनाग्रस्त जीपमा सवारमध्ये अधिकांश यात्रु तीजमा दर खान माइत जान हिडेका चेलीहरु छन् । हाल सामान्य घाइते भएका साेम बहादुर मंग्राती, लक्ष्मि रोक्का,रमेश रोक्का, गिता रोक्का ,धन बहादुर दुवाडी, रोचिता गुरुङ ,सरिता रोक्का ,पावर्ती नेपाली, देब कुमारी थापा मगर, मायादेबि आले रोक्का ,सुनिल बालकोटी, सिर्जना नेपाली, सरस्वती गुरुङ गरी १३ जना यात्रुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । त्यस्तै गम्भीर घाइते भएका राम बहादुर दुवाडी र काली गुरुङको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *