धादिङको थाक्रेमा ओलीको पक्षमा प्रदर्शन

Share it with you friends

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै आज धादिङको थाक्रेमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा युवा एवं स्थानियवासीले प्रदर्शन गरेका छन् ।

पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थकहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै महादेबवेसीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’,ओली सिध्याउन किन यत्रो जोड भारतिय विस्तारबाद नेपाल छोड जस्ता नारा लगाएका थिए।

देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *