धादिङको थाक्रेमा भुस्याहा कुकुरकाे आतँक
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ मा भुस्याहा कुकुरले जथाभावी मान्छेलाइ टाेक्दै हिनेपछी आज ११ वटा कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाईएको छ ।
गाउँमा रहेका कुकुरहरुलाई थाक्रे गाउँपालिकाको पशु बिकास शााखाले रेबिज बिरुद्धको भ्याक्सिन लगाएकाे हाे । हिजो मात्रै थाक्रे गाउँपािलका वडा नम्वर ४ मा एउटा कुकुरले ९ जनालाई टोकेर घाईते बनाएको थियो । घटना लगत्तै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले घाइतेहरूकाे गाँउपािलकाले निशुल्क उपचार गर्ने बताउनुभएकाे थियाे ।
पशुबिकास शाखाका प्राबिधिक सुरज कोईराला र एक गाउँ एक प्राबिधिक अन्तर्गतका कर्मचारी रामकृष्ण अधिकारीको टोलिले कुकुरहरूलाइ भ्याक्सिन लगाएकाे हाे ।
