धादिङको थाक्रेमा संचालित होटल तथा किरानापसलहरुको अनुगमन ।

Share it with you friends

भरत/राजाराम, थाक्रे, बैशाख ७ । धादिङको थाक्रे गाउँपालिकामा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुमा अनुगमन गरिएको छ ।
केन्दि«य खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बबरमहलको सहयोग तथा थाक्रे गाउँपालिकाको आयोजनामा थाक्रे गाउपालिकाको धार्के गणेश खोला पुल देखि साविकको भुमेस्थान गाविसको खेस्टे खोला सम्मको क्षेत्रमा सञ्चालन गरिएको होटल, कोल्डस्टोर तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।


२ दिन सम्म गरिएको अनुगमनका क्रममा विभिन्न ठाउँमा होटल तथा किराना पसलहरुमा म्याद नाघेका खाद्य सामाग्रीहरु फेला परेका थिए । अनुगमनका क्रममा विभिन्न होटलहरु दर्ता नै नगरी सञ्चालन गरिएका र म्याद नाघेका खाद्यपदार्थहरु विक्री वितरणका लागी राखिएको, आफ्नो मनलाग्दो मूल्यसुची रहेको भेटिएको थियो ।


राजमार्ग क्षेत्रमा सञ्चालन गरिएका होटलहरु प्रति तिव्र गुनासो आएपछि त्यसको अनुगमन गरिएको थाक्रे गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *