धादिङको थाक्रे गाउँ पालिका को महादेबेशी बर्डफ्लु रोग विरुद्ध एक दिने कार्यसाला बैठक सम्पन्न

थाक्रे २०७६ -८- १३ धादिङको थाक्रे गाउँ पालिका को महादेबेशी मा बर्डफ्लु रोग विरुद्ध एक दिने कार्यसाला बैठक सम्पन्न भएको छ। बिगत का बर्ष हरुमा बर्डफ्लु रोग सबै तिर फैलिएको कारण भोलिका दिन हरुमा मनि फैलन सक्ने हुदा सचेत गराउन को लागि उक्त कार्यसाला बैठक राखिएको थाक्रे गाउपालिका पशु सेवा साखाका प्रमुख शुरज कोइराला ले बताउनु भयो। थाक्रे गाउपालिका को आयोजनामा सम्पन्न एक दिने कार्यसाला बैठक मा थाक्रे का ११ वटै वडा का एक एक जना कुखुरा पालक किसान, थाक्रे भित्र सन्चालन मा रहेका एग्रो भेट का सन्चालक , विभिन्न सस्थाका प्रतिनिधि लगएत को उपस्थिति रहेको थियो भने डा. स्याम अधिकारी ले सहभागी हरुलाइ बर्डफ्लु भनेको के हो , यो रोग को लक्षण कसरी थाहा पाउने यश बाट कसरी बच्न सकिन्छ यो कसरी सर्छ लगाएत को बिसयमा जानकारी गराउनु भएको थियो ।साथै बर्डफ्लु रोग कहिले बट सुरु भयो एसको इतिहास कहिले हो लगाएत को विषय मा थाक्रे गाउपालिका का पशु सेवा साखाका प्रमुख सुरज कोइरालाले जानकारी गराउनु भएको थियो।

थाक्रे गाउपालिका दुई वटा राजमार्ग मा फैलिएको कारण कुखुरा हरु लेराउने लाने बाटो परेको ले पनि बर्डफ्लु रोगको जोखिम भएको ले यो कार्यसाला बाट सबैलाई जानकरी होस भन्ने उद्स्यले राखेको बताउनु भयो।
