धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न ।

Share it with you friends

राजाराम डंगोल, सिम्ले धादिङ , मंसिर १५ । धादिङको थाक्रे गाउपालिकामा संचालन भएको बहस यात्रा २०७५ अन्तर्गत धादिङ बहस कार्यक्रम सम्पन्न भएको छ ।
बहसकर्ता नेपाल धादिङको प्राविधिक सहयोग तथा थाक्रे गाउपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।


थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, थाक्रे गाउपालिका का विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षा संग सरोकार राख्ने शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालले यस्ता खाले बहस कार्यक्रमले विद्यार्थीको तर्क तथा विश्लेषण गर्न सक्ने क्षमताको बृद्धि हुने भएकाले धादिङ जिल्लाभर नै यस्ता खाले कार्यक्रमको आवश्यकता रहेको बताउनु भयो । त्यस्तै गाउपालिका अध्यक्ष रामकुमार आचार्यले गाउपालिकाले आगामि दिनका निती तथा कार्यक्रममा पनि यस्ता खाले कार्यक्रमलाई समेट्ने बताउनु भयो ।
थाक्रे गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले संचालन गर्नुभएको कार्यक्रममा किसान रिजाल र श्री कृष्ण सुवेदीको टिमले प्रथम स्थान हासिल गरेको थियो ।


थाक्रे गाउपालिका विकास र सम्बृद्धिका लागि बहस माध्यमिक तहको संसदीय बहस भन्ने नाराको साथ शुक्रबार देखी थाक्रे गाउपालिका वडा नं. २ को महाकाली माध्यमिक विद्यालय सिम्लेको प्राङ्गणमा संचालन भएको कार्यक्रममा थाक्रे गाउपालिका भित्रका १६ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते