धादिङको धुनिबेशी ६ धार्केमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

Share it with you friends

धार्के- १७ असोज२०७६ ,

धादिङको धुनिबेशी ६ धार्केमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सँगठन पृथ्वी राजमार्ग इकाई समिती धार्केको आयोजनामा सम्पन्न भएको हो ।कार्यक्रम का प्रमुख अतिथी एबम नेपाल कृषी तथा बगान क्षेत्र श्रमिक सँघ (फापुन) का केन्द्रिय सदस्य एवम् जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यले ट्राफिक प्रहरीले यातायात मजदुरहरुलाई अपराधीको जस्तो व्यवहार गर्न नहुने बताएका छन् । यातायात सँगठनले पनि चालक तथा सहचालकहरुका लागि ट्राफिक नियमको जानकारी गराएको र चालकहरु आफ्नो जिम्मेवारी प्रति सँधै चनाखो हुने गरेको बताउँदै उनले चाडपर्वको बेलामा पनि होसियार र सावधानीका साथ सवारी हाँक्न चालकहरुलाई अनुरोध गरेका छन् । यस्तै ट्राफिक कार्यालय खानिखोलाका प्रमुख महेन्द्र चन्दले ट्राफिक प्रहरी सवारी जामको न्युनिकरण, चालकहरुलाई सचेतना लगायत समग्र सडक र सडक प्रयोगकर्ताको हितका लागि दिन रात नभनी आफ्नो काममा खटिएको बताएका छन् । भने सँगठनका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा फापुनका केन्द्रिय सदस्य एवम् जिफन्ट धादिङका सँस्थापक अध्यक्ष सुरेश आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो भने सँगठनका सल्लाहकार हरि काप्री, ट्राफिक कार्यालय खानिखोलाका प्रमुख महेन्द्र चन्दको विशेष आतित्थ्यता रहेको थियो । यस्तै महाँकालेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र आचार्य, कलाकार तथा लोक गायक रुपक परियार, रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरी विभिन्न संघ सस्था का प्रतिनिधि स्थानिय लगायतको  उपस्थिति रहेको थियो।  कृषि रेडियो का सञ्चारकर्मी राजाराम डँगोलले सन्चालन गर्नुभएको कार्यक्रममा विशेष अतिथी तथा अतिथीहरुले पनि दशैँ, तिहार, छठ लगायतका पर्वहरुको शुभकामना दिनुभएको थियो।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते