स्थानीय

धादिङमा ईँटा उद्योगमा बम विष्फोट

Share it with you friends

धार्के , ७ जेठ । धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको जिवनपुर ईँटा उद्योगमा बम विष्फोट भएको छ ।

अपरिचित समुहले मध्यरात साँढे १२ बजेको समयमा बम विष्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जिवन निरौलाले बताए ।

बम विस्फोटनका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा ६ लाख बराबरको नोक्सानी भएको छ ।

विष्फोट गराएको व्यक्ति वा समुहको पहिचान भएको छैन । ६ महिनाअघि विप्लव नेतृत्वको नेकपाले चन्दा मागेको र चन्दा नदिएकोले विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।

६ सय मजदुरले काम गर्ने उद्योगमा मजदुरहरु  बिदामा वसेकाे मौकामा विस्फोट गराइएको थियो । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *