धादिङमा एमाले र राप्रपाका विचमा चुनाबी तालमेल
धादिङ,२६ असोज । धादिङमा आगामी निर्वाचनमा एकले अर्को दललाई सहयोग गर्ने गरी नेकपा एमाले र राप्रपाका विचमा नयाँ राजनीतिक समिकरण शुरु भएको छ । नयाँ राजनीतिक समिकरण अनुसार धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा संघमा राप्रपाले एमालेलाई सघाउने र प्रदेशमा राप्रपालाई एमालेले सघाउने सहमती भएको हो ।
सहमति अनुसार संघमा राप्रपाबाट उम्मेदवारी दिनुभएका पर्शुराम तामाङले बुधवार उम्मेदवारी फिर्ता गर्नुभएको छ । तामाङले अब नेकपा एमालेका नेता तथा पुर्व सांसद खेम प्रसाद लोहनीलाई सहयोग गर्नुहुनेछ । यसैगरी प्रदेशतर्फ सोही क्षेत्रको क नम्बरमा एमाले नेता धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिनुभएको छ भने प्रदेश ख मा राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार अधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ ।
